काठमाडौं । मुक्तिनाथ विकास बैंकले सवारी दुर्घटनामा परी ज्यान गुमाएका जयप्रकाश घर्तीका परिवारलाई बीमा दाबी भुक्तानीवापत १० लाख रुपैयाँ उपलब्ध गराएको छ । घर्तीले बैंकमा बीमा सुविधा भएको मुक्तिनाथ उत्कृष्ट बचत खाता खोलेका थिए ।
घर्तीका परिवारले बीमा दाबी भुक्तानीवापत केही राहत पाएका हुन् । बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेडसँगको सहकार्यमा मुक्तिनाथ उत्कृष्ट बचत खाता खोल्ने ग्राहकको बीमाको सुविधा प्रदान गर्दै आएको छ ।
बैंकले वैशाख १३ गते कोहलपुर नपा ११ नं वडा कार्यालयमा एक कार्यक्रम आयोजना गरी उक्त बीमा दाबी भुक्तानीवापतको १० लाख रुपैयाँ मृतकका श्रीमती सलिना वली घर्तीलाई हस्तान्तरण गरेको हो ।
उक्त रकम बैंकका क्षेत्रीय प्रमुख विजय केसी र वडाध्यक्ष कल्पना शर्माले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।