Logo
Logo

प्रहरी प्रवक्तामा डिआइजी कडायत


2k
Shares


काठमाडौं । नेपाल प्रहरीको प्रवक्तामा डिआइजी कुबेर कडायतलाई जिम्मेवारी दिइएको छ । गत साता बढुवा भएका उनलाई गृह मन्त्रालयले प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन गरेको थियो ।


कडायत गत वर्ष एसएसपीका रुपमा पनि प्रहरी प्रवक्ता थिए । त्यतीबेला बढुवामा छुटेका उनलाई सरुवामा पनि अन्याय गरिएको थियो । उनी आफ्नो ब्याचका अब्बल अधिकृत मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्