Logo
Logo

एक घन्टा जेल बसेर छुटे पत्रकार भण्डारी


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ३ मंसिर ।
निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा अदालतको मानहानी गरेको आरोपमा पक्राउ परेका पत्रकार खेम भण्डारी छुटेका छन् । उनलाई एक घन्टा कैद र एक रुपैयाँ जरिवानाको गरेर छाडिएको हो ।


उनले सो मुद्दामा अदालतको मानहानी हुने अभिव्यक्ति सामाजिक सञ्जालमा दिएपछि मुद्दा दायर भएको थियो ।
निर्मला प्रकरणलाई उनले नै उचालेर प्रहरी अनुसन्धानलाई प्रभावीत गरेको आरोप लाग्दै आएको छ । कञ्चनपुरका तत्कालिन एसपी दिल्लीराज बिष्टसँगको दुश्मनीका कारण जसरी पनि प्रहरीलाई बदनाम गराउने अभियानमा उनी लागेका थिए ।
उनी कञ्चनपुर नै बसेर मानसखण्ड दैनिक नामक पत्रिका चलाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्