Logo
Logo

गेष्ट हाउसमा वेश्यावृत्ति, प्रहरीलाई ५० हजार घुस


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ३ मंसिर ।
होटलमा वेश्यावृत्तिको धन्दा चलाउन प्रहरीलाई ५० हजार रुपैयाँ घुस दिने महिला पक्राउ परेकी छिन् । बसुन्धरा स्थित आगमन फुडलेन्ड एन्ड गेस्ट हाउसकी सञ्चालिका सोम माया राईलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।


मंगलबारु दिउँसो महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोली सो गेष्ट हाउसमा छापा हान्न गएको थियो । छापा हान्ने क्रममा त्यहाँ वेश्यावृत्ति हुने गरेको थाहा भयो । त्यसपछि उनले आफुलाई पक्राउ नगर्न भन्दै प्रहरीलाई ५० हजार घुस दिएकी थिइन् । पैसासहित उनलाई पक्राउ गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाइएको महाराजगञ्ज वृत्तका डिएसपी उमेश लम्सालले बताए ।
सो गेष्ट हाउसमा युवतीहरु राखेर वेश्यावृत्ति धन्दा हुने गरेको र त्यस उपर समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गाउँका सोझा युवतीहरुलाई जागिर लगाइदिने भन्दै काठमाडौं ल्याएर उनले वेश्यावृत्तिमा लगाउने गरेकी खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्