Logo
Logo

नेपाल चीनसँग थप सम्बन्ध विस्तार गर्न चाहन्छ : प्रधानमन्त्री


504
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास प्रयासमा चीनको निरन्तर सहयोग हुने विश्वास व्यक्त गरेका छन् ।

शुक्रबार काठमाडौंमा चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको निजामती अस्पतालको भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाली नागरिकलाई सहज स्वास्थ्य सुविधा प्रदान गर्न एवं मानव संसाधनको विकास र जीविकोपार्जनलाई थप सहज बनाउन चीन सरकारबाट आवश्यक सहयोग हुँदै आएको भन्दै आगामी दिनमा पनि चीनको निरन्तर सहयोग हुने विश्वास व्यक्त गरेका हुन् ।

नजिकको छिमेकी, असल मित्र र भरपर्दोे साझेदारका रूपमा नेपालले चीनसँग थप सम्बन्ध विस्तार गर्न चाहेको भन्दै उनले चीनले चिकित्सा विज्ञान र प्रविधिसहितको सामाजिक आर्थिक विकासमा गरेको ठूलो फड्कोबाट फाइदा लिनुपर्ने बताए ।

दुई देशबीचको आर्थिक, सांस्कृतिक एवं जनस्तरको सम्बन्ध थप विस्तारित हुँदै गएको उनले बताए । प्रधानमन्त्री प्रचण्डले विस्तारित र स्तरोन्नति पूर्वाधार र सुविधाका कारण निजामती अस्पतालले राम्रो उपचार तथा सेवाको खोजीमा रहेका बिरामीलाई सहज सेवा प्रदान गर्न सक्षम हुने धारणा राखे ।

प्रधानमन्त्री प्रचण्डले नेपाली जनताको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न, थप सुविधा विस्तार गर्न, पूर्वाधारको निर्माण गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्