Logo
Logo

चार दिनदेखि १७ वर्षीया पुजा सम्पर्कविहीन


- दृष्टि न्युज/संवाददाता

0
Shares

गुल्मी, ४ मंसिर । गुल्मीमा एक युवती चार दिनदेखि सम्पकैविहीन भएकी छन् । जिल्लाको इस्मा गाउँपालिका–५ रजस्थल जाउनडाँडा बस्ने १७ वर्षीया पूजा अर्याल सम्पर्क्विहीन भएकी हुन् । मङ्सिर १ गते आइतबार बिहान घरबाट हिँडेकी उनी सोही दिन साँझबाट नै सम्पर्क्विहीन भएको परिवारले जनाएको छ ।
छोरी सम्पर्कविहीन भएपछि बुबा नारायण अर्यालले २ गते सोमबार इस्मा प्रहरीचौकी, इस्मामा उजुरी पनि दिएका छन् तर अहिलेसम्म कतैबाट पनि भेटिएको जानकारी आएको छैन ।
पूजाले इस्मा गाउँपालिका–४ दोहोलीस्थित रामराज्य माध्यमिक विद्यालयमा कक्षा १२ मा पढ्दै आएकी थिइन् । छोरी सम्पर्क्विहीन भएपछि खोजी गरिदिन परिवारले सबैमा आग्रह गरेको छ । पूजालाई कसैले देखेमा वा भेटाएमा नजिकैको प्रहरीचौकी अथवा ९८५७०४९३३३, ९८६९५०२६४६ वा ९८६७४९२६३० मा सम्पर्क गरी सहयोग गरिदिन सबैमा आग्रह गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्