काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादबले आफ्नो खल्तीबाट पटक–पटक पैसा चोरि भएको एक सार्वजनिक कार्यक्रममा बताएका छन् । तर, प्रहरीले चोर पत्ता लगाउन नसकेको उनको आरोप छ ।
आइतबार जनकपुरमा मिटरब्याज जाँचबुझ आयोगको कार्यालय स्थापनासम्बन्धि कार्यक्रममा बोल्दै उपेन्द्र यादबको विजयसभामा आफ्नो खल्तीबाट पैसा चोरी भएको र त्यसबारे प्रहरीलाई जानकारी गराउँदा पत्ता लगाउन नसकेको भन्दै उनले प्रहरीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सो कार्यक्रममा गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा प्रहरी प्रमुखहरु सहभागी थिए ।
यसअघि सभामुख हुँदा पनि ५० हजार चोरी भएको र त्यो विषयमा पनि सफल अनुसन्धान हुन नसकेको उनको भनाई छ ।