Logo
Logo

१६ जुवाडे धरौटीमा छुटे, बलेसहित ९ जना थुनामै


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ५ मंसिर ।
२ करोड ६७ लाखसहित पक्राउ परेका जुवाडेमध्ये १६ जना छुटेका छन् । गत १७ कार्तिकमा महाराजगञ्जस्थित विक्रम गौतमको घरबाट २ करोड ६७ लाख सहित पक्राउ परेकामध्ये १६ जनालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले धरौटीमा छाडेको हो ।


एयर डाइनेस्टीका जीएम पवित्रकुमार कार्की २० लाख धरौटीमा रिहा भएका हुन् । दोलखा भिमेश्वर घर भएका इन्द्र श्रेष्ठले पनि २० लाख धरौटी बुझाएका छन् । यस्तै पवनकुमार गुप्ता, श्रवणकुमार गोयल, गेल्जे लामा, सोहेल कार्की, बुद्ध लामा र रामकृष्ण केसीले पनि २० लाख धरौटी बुझाएका छन् ।

जुवा मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट धरौटिमा रिहा भएपछि २६ कार्तिकमा विभागले पुनः उनीहरुलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको थियो ।
‘क्यासिनो किङ’ भनेर चिनिने बलराम सापकोटासहित नौ जना जुवाको धन्दामै आबद्ध भएकाले विभागले थप छानबिन गरिरहेको छ ।
कसलाई कति धरौटी ?

१ .पवित्रकुमार कार्की (२० लाख)

२. पवनकुमार गुप्ता (२० लाख)

३. इन्द्रबहादुर श्रेष्ठ (२० लाख)

४. श्रवणकुमार गोयल (२० लाख)

५. गेल्जे लामा (२० लाख)

६. सोहेल कार्की (२० लाख)

७. बुद्ध लामा (२० लाख)

८. रामकृष्ण केसी (२० लाख)

९. अशोक श्रेष्ठ (१९ लाख १० हजार)

१०. कृष्णहरी भण्डारी (१९ लाख ४० हजार)

११. धावा लामा (१६ लाख ५० हजार)

१२. होमप्रसाद चौलागाईं (६ लाख)

१३. श्यामप्रसाद पराजुली (९ लाख ५ हजार)

१४. साङ्बु शेर्पा (९ लाख ४० हजार)

१५. रञ्जन राजवंशी (८ लाख ९५ हजार)

१६. प्रेमथापा मगर (२ लाख ५० हजार)

प्रतिक्रिया दिनुहोस्