काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र चितवनस्थित जंगल भिल्ला रिर्सोटबीच विशेष छुटसम्बन्धी सम्झौता भएको छ । बैंक र रिसोर्टबीच बैंकका कार्डवाहक ग्राहकहरुलाई विशेष छुट दिने सम्झौता भएको हो ।
सम्झौताअनुसार बैंकका ग्राहकले डिजिटल कारोबार १५ प्रतिशतसम्म छुट पाउनेछन् । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा ए।टि।एम। ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ एकाइहरुबाट १५ लाख ४० हजारभन्दा बढी ग्राहकवर्गलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।