Logo
Logo

रबि लामिछानेको चालकको आज अन्तेष्टी


1.5k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक शम्भु थापाको आज अन्त्येष्टि गरिदैँछ ।

लामिछानेका प्रमृख सहयोगी दीपक बोहराका अनुसार थापाको बिहान १० बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गर्न लागिएको हो । चालक थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको थियो।

उपनिर्वाचनको प्रचार क्रममा सभापति लामिछानेसँग चितवन पुगेका थापा वैशाख ४ गते छतबाट खसेर गम्भिर घाइते भएका थिए । घाइते थापालाई हेलिकप्टरबाट काठमाडौं ल्याएर मेडिसिटीमा उपचार सुरु गरिएको थियो । चालक थापाको झन्डै डेढ महिना देखी भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्