Logo
Logo

निर्वतमान श्रममन्त्री विष्टद्वारा शुभचिन्तकप्रति आभार व्यक्त


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ५ मंसिर । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट सिंहदरबारबाट ट्याक्सी चढेर बाहिरिएका छन् । नवनियुक्त श्रममन्त्री रामेश्वर राय यादवलाई बधाई दिन उनी बिहीबार मन्त्रालय पुगेका थिए । आफ्नो स्थानमा यादवले पदभार ग्रहण गरेपछि उनी ट्याक्सीबाट निवास लागेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राति मन्त्रिमण्डल पुर्नगठन गरेपछि विष्ट बाहिरिएका हुन् । त्यसपछि उनले आफू पदमा रहँदा ‘ज्यामी माहुरी’ले जस्तै काम गर्ने प्रयास गरेको बताएका छन् । उनले वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरुको श्रमिकको पक्षमा इमानदारीपूर्वक काम गर्ने प्रयास गरेको बताएका छन् ।
उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘जति दिन श्रममन्त्रीको रुपमा रहेँ, वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ । अहिले मन्त्रीबाट बाहिरिएको छु ।’ उनले प्रधानमन्त्री ओलीप्रति कृतज्ञता समेत व्यक्त गरेका छन् ।  साथै, उनले सुधारको अभियानमा साथ दिने सहयोगी, शुभचिन्तकप्रति आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्