Logo
Logo

सुडानमा एक साता युद्ध रोक्ने सहमति


567
Shares

काठमाडौं । सुडानमा एक हप्ताका लागि युद्ध रोक्ने सहमति भएको छ । सरकारी सेना र प्रतिद्वन्द्वी अर्धसैनिक बल आरएसएफबीच मे ४ तारिखदेखि एक हप्तासम्म युद्ध विराम गर्ने सहमति भएको हो ।

यसबीचमा दुवै पक्षबीच शान्ति वार्ता हुने बीबीसीले बताएको छ । दक्षिण सुडानले दुवै पक्ष शान्ति वार्ताका लागि आ–आफ्ना प्रतिनिधि पठाउन तयार भएको जनाएको छ ।

सुडानमा सेना र अर्धसैनिक बलबीच १८ दिन अगाडिदेखि लडाइँ जारी छ । त्यहाँ ५ सय भन्दा बढीको मृत्यु भइसकेको छ भने ४ हजार बढी घाइते भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्