लन्डन । बेलायतका राजा चार्ल्स तृतीयलाई लन्डनको ऐतिहासिक वेस्टमिन्स्टर आबीमा आयोजित एक विशेष समारोहबीच राजमुकुट पहि¥याइएको छ ।
स्थानीय समयअनुसार शनिबार दिउँसो १२ बजेर ३ मिनेट जाँदा इसाई धार्मिक परम्पराअनसरा एउटा सौम्य र सांगीतिक माहोलमा आर्चबीसप अफ क्यान्टरबरीले राजा चार्ल्सको शीरमा ‘सेन्ट एड्वर्ड्ज क्राउन’ भनिने राजमुकुट पहि¥याइदिएका थिए । उक्त श्रीपेच राजाहरुले राज्याभिषेकका बेलामात्रै पहिरन्छन् ।
‘हामी यहाँ एकजना राजालाई राजमुकुट लगाइदिन उपस्थित भएका छौं र राजाले सेवा गरुन् भनेर उनलाई राजमुकुट पहि¥याउन लागिएको हो’, आर्चबीसप अफ क्यान्टरबरीले उपस्थित पाहुनाहरुमाmभ भने । उनले ‘गड सेभ द किङ’ भनेपछि उपस्थित पाहुनाले उक्त भनाइ दोहो¥याएका थिए ।
सन् १९५३ मा महारानी एलिजावेथ द्वितीयाको राज्याभिषेक यहीं भएको थियो । बेलायतमा विगत ९०० वर्षदेखि वेस्टमिन्स्टर आबीमा राजाहरुको राज्याभिषेक हुने गरेको छ । उक्त गिर्जाघरमा राज्याभिषेक हुने चार्ल्स ४०औं राजा हुन् ।
७० वर्षपछि भएको उक्त राज्याभिषेक समारोहमा ९० मुलुकका राष्ट्राध्यक्षसहित विश्वभरबाट झन्डै दुई हजार विशिष्ट पाहुना सहभागी भएका थिए ।
परराष्ट्रमन्त्री एनपी साउदले नेपालको प्रतिनिधित्व गरेका थिए । यसअघि राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने तयारी भएपनि उनको स्वास्थ्य अवस्थाका कारण परराष्ट्रमन्त्री साउद आएका हुन् ।
समारोहमा बेलायती प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, सेलिब्रेटी, च्यारिटी तथा स्वयंसेवक कार्यकर्तालगायत सहभागी थिए ।
बेलायतको इतिहासमै सबैभन्दा बढी ७ दशकसम्म शासन गरेकी महारानी एलिजावेथ द्वितीयाको गत वर्ष सेप्टेम्बरमा निधन भएपछि उनका जेठा छोरा युवराज चार्ल्सले ७३ वर्षको उमेरमा गद्दी आरोहण गरेका थिए । चार्ल्स् संसारमै सबैभन्दा बढी उमेरका राजा बनेका छन् ।
समारोहमा राजा चार्ल्स तृतीयकी पत्नी क्यामिलालाई पनि रानीको रुपमा मुकुट पहि¥याइएको थियो । त्यसपछि विशेष बग्गीमा चढेर राजारानी बकिङ्घम राजदरबार फर्किएका थिए ।