लन्डन । बेलायतमा राजतन्त्र बिरोधी प्रदर्शनमा उत्रिएका ५० भन्दा बढी ब्यक्ति पक्राउ परेका छन् ।
शनिबार राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोह चलिरहेको बेला उक्त प्रदर्शन गरेको आरोपमा ५० भन्दा बढी पक्राउ परेका हुन ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको अनुसार बेलायती राजतन्त्रको विरूद्धमा प्रदर्शन गर्ने बिरोधी समूहका नेतासहित ५० जना भन्दा बढीलाई पक्राउ गरिएको छ । उनीहरुले राज्यभिषेक समारोह चलिरहेको बखतमा मध्य लण्डनको ट्राफलगर स्कवायर लगायतकाका स्थानमा बेलायती राजसंस्था विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।
राजतन्त्र बिरोधी अभियानका बिरोधी नेता ग्राहम स्मिथसहित ५० जना बढीलाई पक्राउ पर्नु अघि प्रदर्शनकारीहरुले ‘नट माई किङ’ जस्ता प्ले कार्ड प्रदर्शन गरेका थिए । उनीहरुले टिसर्टमा राजतन्त्र बिरोधी नारा लेखेर प्रदर्शनमा उत्रिएका हुन् ।
यसरी पक्राउ परेका माथि सार्वजनिक ब्यवस्था उल्लंघन तथा शान्ति भंगको आरोपमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।