काठमाडौं । नेपाल प्रहरीका १८ एसपीको एसएसपीमा बढुवा भएको छ । गत भएको सिफारिस उपर उजुरी नपरेपछि आइतबार गृह मन्त्रालयले बढुवा भएको हो ।
बढुवा हुनेहरूमा विश्व अधिकारी, भूपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल, अवि नारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, दीपशमशेर जबरा, बेल बहादुर पाण्डे, दिनेशप्रसाद मैनाली, गोपालचन्द्र भट्टराई, प्रबिण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, विश्वमणि पोखरेल, तारादेवी थापा र प्रज्वल महर्जनको बढुवा भएको हो ।
उनीहरुलाई सोमबार आइजिपी बसन्तबहादुर कुँवरले फुली लगाइदिने कार्यक्रम छ ।
यो बढुवामा असन्तुष्टि दिई एसपी आभुषण तिमल्सिनाले राजीनामा दिएका छन् । यद्यपी बढुवामा अधिकांश व्यवसायिक अधिकृत परेका छन् ।