Logo
Logo

२० नवनियुक्त एसएसपीलाई फुली


2.6k
Shares


काठमाडौं । तथा गृहमन्त्रीस्तरको वैशाख २४ गतेको निर्णयले प्रशासन तथा प्राविधिकतर्फ प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका २१ जनामध्ये २० जना प्रहरी अधिकृतहरू दज्र्यानीद्वारा सुशोभित भएका छन् ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच उहाँहरूलाई दज्र्यानीद्वारा सुशोभन गरेका हुन् ।


दज्र्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रशासनतर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरू विश्व अधिकारी, भुपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल, अबि नारायण काफ्ले, सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासीनी, दीप शम्शेर जवरा, वेल बहादुर पाण्डे, दिनेशराज मैनाली, गोपाल चन्द्र भट्टराई, प्रविण पोखरेल, कृष्ण बहादुर पल्ली मगर, विश्वमणी पोखरेल, तारादेबी थापा र प्रज्वल महर्जन तथा प्राविधिकतर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरू डा.संज्ञा मलल, डा.दिवा शर्मा र डा.आषिश दत्त छन् । साथै सोही निर्णयबाट पदोन्नति भएका प्रहरी वरिष्ठ उपरीक्षक गंगा पन्त हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत रहेकाले उनी उपस्थित हुन सकिनन् ।


समारोहमा प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा अभिभावकप्रति कृतज्ञता ज्ञापन गर्दै पदोन्नतिसँगै बढेको जिम्मेवारीलाई फरक ढङ्ग र शैलीले काम गरी प्रहरी संगठनको प्रतिष्ठा बढाउने काममा समर्पित हुने अपेक्षा रहेको बताए । संगठनको विधि र प्रकृया अनुसार पदोन्नति भएको उल्लेख गर्दै उनले संगठनप्रति बफादार, इमानदार र निष्ठावान बन्दै संगठन सुधार गर्ने सुनौलो अवसरलाई आत्मसाथ गरी भावनात्मक रूपमा एकवद्धता भएर अगाडि बढ्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।


प्रहरी महानिरीक्षक कुँवरले संगठन बनाउने हकमा आन्तरिक शुद्धिकरणको साथै अझै उत्कृष्ट काम गर्न सबै एकजुट हुन आव्हान गर्दै नागरिकमैत्री व्यवहार प्रस्तुत गर्न आग्रहसमेत गरे । नेपाल सरकारको प्राथमिकतालाई ध्यान दिँदै अझै सचेत र संवेदनशील भएर शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण एवम् नागरिक सेवामा समर्पित हुनुपर्नेमा उनको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्