Logo
Logo

एसपी बढुवामा प्रतिस्पर्धा


62.1k
Shares

काठमाडौं । नेपाल प्रहरीका १८ एसपीको एसएसपी बढुवासँगै एसपी पदको गृहकार्य अघि बढेको छ । एसपी बढुवामा पनि तीन दर्जन डिएसपीबीच प्रतिस्पर्धा छ । तर, वरियताअनुसार नै बढुवा गर्ने प्रहरी र गृह नेतृत्वको तयारी छ ।

वरियताअनुसार राजेश थापा, रामप्रसाद घर्तीमगर, हरिहरनाथ योगी सबैभन्दा सिनियर टोली हुन् । उनीहरू पटक पटक बढुवामा छुटेका छन् । त्यसकारण यसपटक पर्ने निश्चित छ ।

त्यस्तै, २०७१ को फागुनमा डिएसपी भएकाहरू अपिलराज बोहरा, गौतमकुमार केसी, बसुन्धरा खड्का, रवीन्द्रबहादुर सिंह, चित्रबहादुर गुरुङ, गोविन्द पुरी, नवराज कार्की, बासुदेव पाठक, रुपेश खड्का, मिलन केसी, भावेष रिमाल, सन्तोष आचार्य, नारायण चिमरिया, श्यामबहादुर खत्री, श्यामकुमार राई, शालिकराम शर्मा, कुमोध ढुंगेल बढुवाका प्रमुख दाबेदार हुन् ।

उनीहरुमध्ये केही कारबाहीमा परेकाले बढुवामा छु्ट्ने सम्भावना पनि छ । यो ब्याचका केही कार्यसम्पादनमा कमजोर भएपछि गत वर्ष बालकृष्ण खाण र आरजु देउवासँग निकट भएकै आधारमा बढुवा भएका थिए । तिनीहरू नै अहिले तराईमा तस्करीको लाइन खुलाइरहेका छन् । ब्याचका अब्बल अधिकृतहरू बल्ल बढुवाको प्रतीक्षामा छन् ।

त्यस्तै, २०७२ को भदौमा डिएसपी भएकाबाट पनि बढुवामा पर्न तिव्र प्रतिस्पर्धा छ । जसमा राजन भुजेल, नरेन्द्र चन्द, गोविन्दराज काफले, प्रदीपकुमार क्षेत्री, अंगुर जिसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रंजितकार, निरंजन दत्त भट्ट, राजन लिम्बु, सन्तोष तामाङ, एक नारायण कोइराला, अनन्तराम शर्मा, विनोद घिमिरे छन् । यो टोलीको पनि अहिले सत्तामा राम्रो पहुँच भएकाले सबै जना बढुवामा धाइरहेका छन् ।

उता, विभिन्न व्यक्तिको स्वार्थले इन्सपेक्टरको सरुवा अझै निस्कन सकेको थिए । गत फागुन–चैतमा ठूलो संख्यामा काज गरेर इन्चार्ज दिइएको थियो । कतिपयको इन्चार्ज सरुवासम्बन्धि नियमविपरीत भएकाले रद्द गर्न प्रहरी नेतृत्वमाथि दबाब छ । तर, अहिलेका आइजिपी बसन्तबहादुर कुँवरले आँट गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्