काठमाडौं, १० मंसिर । हस्तकलाका सामाग्रीको बजार प्रबद्र्धनको उदेश्यले नेपाल हस्तकला महासंघले बिहीबारदेखि राजधानीमा हस्तकला व्यापार मेला आयोजना गर्ने भएको छ । सोमबारसम्म चल्ने सो भेला भृकुटीमण्डमा चल्नेछ ।
२०४८ सालदेखि हुँदै आएको यस्तो मेला हुँदै आएकोमा यसपटक १५ औं पटक हुन लागेको हो । जसमा हस्तकला प्रतियोगिता समेत हुने महासंघले सोमार पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको छ ।
नेपाली हस्तकला वस्तुको स्वदेशभित्र वार्षिक १० अर्ब बराबरको कारोबार हुने गरेको छ । साथै विदेशमा समेत मुख्य निर्यात गर्ने वस्तुका रुपमा हस्तकला सामाग्री नै रहँदै आएको छ । २५ दिनमा नेपाली हस्तकला सामानको निर्यात हुँदै आएको छ ।
मेलामा उद्योग तथा बाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र , नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, चेम्बर अफ कमर्स, काठमाडौं र ललितपुर महानगरपालिका, लगायतको सहयोग रहने महासंघले जनाएको छ । मेलाको थिम ‘हस्तकलाः समृद्धिा सम्भावाहरु’ राखिएको छ । अर्थ मन्त्री डा युवराज खतिवडाले मेलाको उद्घाटन गर्ने अध्यक्ष राजमान बज्राचार्यले बताए ।
मेलामा करिब दुई सय स्टल रहनेछन् जसमा ८ वटा प्याभिलियन हुनेछन् । भारत, श्रीलंका र बंगलादेशका व्यापारीहरुको समेत स्टल रहने महासंघले जनाएको छ । उत्कृष्ट स्टललाई महासंघले पुरस्कृत गर्ने छ । त्यस्तै ट्रेन्ड डिस्प्ले पुरस्कार समेत राखिएको छ ।
परम्परागत तथा नवोदित हस्तकलाको जीवन्त सीप पदर्शनी मेलाको अर्काे आकर्षण हुने छ । मेलामा छुटको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ । मेलाबाट सीप, कला र प्रविधिबारे ज्ञान आदान प्रदान हुने अपेक्षा समेत रहेको महासंघले जनाएको छ । मेलामा १० करोडको कारोबार हुने लक्ष्य राखिएको छ । साथै मेलामा बिदेशी आयातकर्ता समेत आउने महासंघको दाबी छ । व्यवसाय प्रबद्र्धनका लागि मेलामा गोष्ठिको आयोजना समेत गरिएको छ ।