Logo
Logo

इजरायली सेनाद्वारा गाजा क्षेत्रका हजारौं बासिन्दाको उद्धार


एजेन्सी

378
Shares

तेल अभिभ । मंगलबार स्ट्रिपमा तीन शीर्ष प्यालेस्टिनी इस्लामिक जिहाद आतंकवादीको हत्यापछि गाजा नजिकै बसोबास गर्ने हजारौं इजरायलीहरूलाई स्थानानन्तरण गरिएको छ ।

यसैबीच रक्षामन्त्री योभ ग्यालान्टले गाजामा आतंकवादी गुटहरूबाट जवाफी रकेट फायरको प्रत्याशामा ‘गस्ट अफ विन्ड’ नामले चिनिने उक्त कदमबारे चनाखो हुँदै सचेत र सुरक्षित हुने योजनालाई अनुमोदन गरेका छन् ।

त्यसैगरी गाजा–क्षेत्रका बासिन्दाहरू आफ्नै पहलमा अस्थायी रूपमा देशका अन्य भागहरूमा सरेका छन् । सुरक्षित स्थानानन्तरण कार्यक्रम स्थानीय अधिकारीहरूद्वारा सञ्चालित छ । गाजा सीमा नजिकका इलाकाका प्रत्येक बासिन्दालाई गेस्ट हाउसहरूमा राज्यको सहयोगमा व्यवस्थापन गरिँदै गरेको रक्षा मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ ।

यसैबीच शिक्षा मन्त्रालयले बुधबार ४५ किलोमिटर भित्रका समुदायमा विद्यालय सञ्चालन नगर्ने घोषणा गरेको छ । सो निर्णयबाट करिब ३ लाख विद्यार्थीलाई असर पर्नेछ । होम फ्रन्ट कमाण्डको निर्देशन अनुसार गाजा पट्टी नजिकका यी क्षेत्रहरूमा सार्वजनिक जमघटहराम कडाइ गरिएको छ ।

खुला क्षेत्रमा १० व्यक्ति र भवनमा १०० जनासम्म सीमित हुनुपर्ने प्रावधान जारी गरिएको छ । सार्वजनिक आश्रय स्थलहरीहरू तेल अवीवका साथै गिवाताइम, रमत गान र अन्य नगरपालिकाहरूमा खोलिएका छन् ।

प्रतिक्रिया दिनुहोस्