Logo
Logo

बरिष्ठ पत्रकार कसजुको निधन


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १० मंसिर
बरिष्ठ पत्रकार तथा राष्ट्रिय सूचना आयोगका पूर्वअध्यक्ष विनय कुमार कसजुको निधन भएको छ । उपचारको क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा उनको मंगलबार दिउँसो निधन भएको हो ।


निमोनिया, उच्च रक्तचाप तथा मधुमेह रोगबाट पीडित रहेका उनी दुई साताअघि अस्पताल भर्ना भएका थिए । चर्चित बाल साहित्यकार समेत रहेका कसजूको नेपाली पत्रकारीतामा महत्वपूर्ण योगदान छ । बुधबार दिउँसो १ बजे पशुपति बिद्युतीय शवदाहगृहमा उनको अन्तेष्टि हुने परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्