Logo
Logo

सईविरुद्ध मुद्दा दायर


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १० मंसिर ।
जिल्ला बारा, प्रहरी चौकी गञ्जभवानीपुरमा कार्यरत प्रहरी नायब निरीक्षक जटाशंकरप्रसाद कलवारविरुद्ध मुद्दा दायर भएको छ । भारतबाट मालसामान ल्याउन सहज गराई दिने भनी सेवाग्राहीसँग घुस लिदै गर्दा उनी तीन साताअघि पक्राउ परेका थिए । उनलाई ६० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेो थियो ।


अनुसन्धानको सिलसिलामा आरोपित प्रहरी नायब निरीक्षक जटाशंकरप्रसाद कलवारले सेवाग्राहीले खरिद गरेका खाद्यान्न सामानहरु बिक्री वितरण गर्दा दुस्ख हैरानी नदिने तथा सहजता गरिदिने प्रयोजनको लागि रु.६०,०००।((साठी हजार) घुसररिसवत लिएको स(प्रमाण पुष्टि हुन आएको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर अपराध भएकोले निज प्रतिवादी जटाशंकरप्रसाद कलवारलाई बिगो रू.६०,०००।( (साठी हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्