Logo
Logo

मनकामना केबलकार चढ्ने यात्रुको संख्यामा भारी वृद्धि


504
Shares

काठमाडौं । मनकामना केबलकार चढ्ने यात्रुको संख्या कोभिडयताकै सबैभन्दा बढी भएको छ । ‘कोभिड नियन्त्रणमा आएसँगै मनकामना दर्शन गर्न आउने भक्तजनको आवागमनमा वृद्धि भइरहेको छ ।

अहिले दैनिक औसत ४ हजारभन्दा बढी भक्तजन र यात्रुले सेवा लिँदै आएका छन्’, एक सञ्चालकले भने । वैशाखभर एक लाख २६ हजार यात्रुले केबलकार सेवा लिएको कम्पनीले जनाएको छ ।

मदनकामना दर्शन प्रालिका अनुसार चालु आर्थिक वर्षको वैशाख महिनासम्म केबलकार सेवा लिने यात्रुको संख्या ८ लाख ७० हजार पुगिसकेको छ । आउँदो असारसम्म सेवाग्राही संख्या साढे १० लाख पुग्ने प्रक्षेपण रहेको छ ।

पछिल्लो समय भारतीय पर्यटकको आवागमनमा उल्लेख्य वृद्धि भएको जनाइएको छ । कम्पनीले मनकामना केबलकार केही समयअघि एनालगबाट डिजिटल प्रणालीमा स्तरोन्नतिको गरिसकेको छ । केबलकारको टावर, गोन्डोला, बुलह्वीललगायत उपकरण भने साबिककै रहेको छ । यो केबलकार नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्