काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नयाँ बानेश्वरस्थित दृश्य लाउन्ज प्रालिबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरूले दृश्य लाउन्जमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समयसमयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।
डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । यस बैंकले एक सय ८२ शाखा, तीन विस्तारित काउन्टर, एक सय ३९ एटिएम, ६ कियोस्क सेवा र ९७ शाखारहित बैंकिङ एकाइहरूबाट करिब १५ लाख ४० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको छ ।