काठमाडौं । कुमारी बैंक र क्वालिटी सोलुसन प्रालिबीच सम्झौता भएको छ । बैंक र सोलुसनबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट दिने सम्झौता भएको हो ।
सम्झौताअनुसार बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता तथा डेबिट र क्रेडिट कार्डवाहकहरुले क्वालिटी सोलुसनबाट विभिन्न क्षमताका उपकरण खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४८ एक्सटेन्सन काउन्टर, २९६ एटिएम तथा ६२ शाखारहित बैंकिङ एकाइसहितका सञ्जालमार्फत सेवाका दिँदै आएको छ ।