Logo
Logo

अर्घाखाँचीमा बस दुर्घटना, ८ जनाको मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

अर्घाखाँची, ११ मंसिर । अर्घाखाँचीको सन्धिखर्कबाट बुटवलतर्फ जाँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा परी ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनास्थलमा रहेका प्रहरी निरीक्षक सुरद सुवेदीका अनुसार बुधबार दिउँसो २ बजेतिर लु २ ख २१४८ बस सन्धिखर्कबाट बुटवल आउँदै गर्दा सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा दुर्घटनामा परेको हो ।
५ नं. प्रदेश प्रहरी कार्यालयले अहिलेसम्म ५ जना पुरुष र तीन जना महिला गरी ८ जनाको मृत्यु भएको विवरण आएको पुष्टि गरेको हो । घाइतेमध्ये दुई जनाको सन्धीखर्कमै उपचार भइरहेको छ भने अन्यलाई बुटवलतर्फ लगिएको छ ।
अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट डीएसपी प्रकाश विष्टको कमाण्डमा खटिएको टोली थप घाइतेको उद्दार गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।
बस सडकबाट करिब तीन सय मिटर तल खसेकोले उद्धार कठिनाइ भइरहको प्रहरीले जनाएको छ । बस घुम्तीबाट खसेर दुर्घटना भएको जनाइएको छ । बसमा १८ बढी यात्रु सवार रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्