Logo
Logo

नक्कली शरणार्थी प्रकरणमा हज कमिटीका अध्यक्ष नै संलग्न


2.6k
Shares


काठमाडौैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हज कमिटीका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । प्रहरीले बिहीबार उनलाई पक्राउ गरेको हो ।


मियाँ २०७५ सालदेखि हज कमिटीमा छन् । बिचौलियाहरुले उनकै गाडी प्रयोग गरेर पैसा ओसार्नेदेखि पीडितहरुलाई विश्वासमा पार्ने काम गर्दथे । उनको गाडी गत साता नै प्रहरीले बरामद गरिसकेको छ ।

उनको गाडीमा ठग गिरोहले बोरामा पैसा राखेर उच्चपदस्थलाई बाँडेको अनुसन्धानमा खुलेको छ । उनी टोपबहादुर रायमाझी निकट हुन् । रायमाझीकै सिफारिसमा उनी त्यहाँ नियुक्त भएका थिए ।


अनुसन्धानमा सहयोग गरे उनलाई छाड्ने नत्र थुनामा राख्ने प्रहरी तयारी छ ।

प्रतिक्रिया दिनुहोस्