Logo
Logo

सिद्धबाबामाथि बलात्कार आरोप, अदालतद्वारा पक्राउ पूर्जी जारी


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १३ मंसिर ।
बलात्कारको आरोप लागेका चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले नियन्त्रणमा लिने तयारी गरेको छ। शुक्रबार अदालतले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।


घटना लुकाउन खोजेको समाचार आएपछि जाहेरी दर्ता गरी प्रहरीले पक्राउ पूर्जीको अनुमति मागेको थियो ।

सिद्धबाबामाथि आफ्नै अनुयायी महिलामाथि गएको कात्तिक ४ गते बलात्कार गरेको आरोप लागेको छ । काठमाडौं बस्ने एक महिलाले आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको आरोप लगाएकी छिन् । सुनसरीका एसपी यज्ञबिनोद पोखरेलले गिरीमाथि अनुसन्धान अघि बढाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्