काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका प्रहरीले अनुसन्धान सकेर आइतबार सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाउँदैछ । कम्तीमा ३२ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन लागिएको छ ।
मुद्दा चलाउन लागिएकामध्ये १६ जना पक्राउ परिसकेका छन् । जसमा मुख्य बिचौलियामध्ये एक सन्देश शर्मा पोखरेल हुन् । उनी यसअघि पनि अर्काे अपराधमा पक्राउ परेको खुलेको छ । सामूहिक बलात्कार अभियोगमा पक्राउ परी छुटेको खुलेको छ ।
३ कात्तिक ०७६ मा उनी पक्राउ परेको खुलेको छ । नेपाल विद्यार्थी संघका नेता ज्ञानेन्द्र गजुरेलसहित उनलाई पक्राउ गरेको थियो । पछि युवतीलाई ६० लाख दिने प्रलोभनमा उनीहरुले बयान फेर्न लगाई छुटेका थिए । जून मुद्दा अझै विचाराधीन रहेको छ ।