Logo
Logo

महालक्ष्मी विकास बैंकको वार्षिकोत्सवमा विभिन्न कार्यक्रम


315
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्थापनाको २९औँ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । बैंकले सबै अर्थात् एक सय तीन शाखाहरूमा विभिन्न सामाजिक हितका कार्यक्रमहरू आयोजना गरेको हो ।

बैंकले २९ वटा शाखाहरूमा रक्तदान कार्यक्रम, सम्पूर्ण कर्मचारीहरूको संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम, वित्तीय साक्षरता ¥याली, सम्पूर्ण शाखा कार्यालयहरूमा केक कटिङ कार्यक्रम, महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग– २०२३, शृंखला–२ लगायत विभिन्न कार्यक्रमहरूको आयोजना गरेको जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले वार्षिकोत्सव कार्यक्रममा ग्राहकवर्ग, शुभचिन्तक, नियामक निकाय एवं सेयरधनीको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनका कारण सफल हुँदै गएको बताए । उनले ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बंैकिङ सेवाको पहुँच अझै धेरै क्षेत्रमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्