Logo
Logo

नेपाली पात्रोले सुरु गर्‍यो रेडियोमै अनलाइन पढ्न मिल्ने व्यवस्था


1.3k
Shares

काठमाडौं । ‘नेपाली पात्रो’ले आ–आफ्नो प्रदेशका गतिविधिहरु सुन्न र अनलाइन समाचारसँग अपडेट बस्न सजिलो हुनेगरी रेडियोमैं अनलाइन पढ्न मिल्ने व्यवस्था गरेको छ ।

नेपाली पात्रोले भनेको छ, ‘देशभरका विभिन्न नेपाली रेडियोहरु तथा अन्य डिजिटल मिडियासँग सहकार्य गर्दै संसार भर छरिएर रहेका नेपालीले आ–आफ्नो प्रदेशका गतिविधिहरु सुन्न र अनलाइन समाचारसँग अपडेट बस्न सजिलो होस् भन्ने उद्देश्यले रेडियोमैं अनलाइन पढ्न मिल्ने व्यवस्था गरेका पनि छौं ।’

नेपाली पात्रोले नेपाली तिथि, मिति तथा पन्चाङ्गको जानकारी, नेपाली चाडपर्ब तथा शुभ साइतको विवरण, दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफलका अलावा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचारलगायतका सेवा दिँदै आएको छ । साथै, नेपाली एफएम तथा अनलाइन रेडियोहरु, विदेशी विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी बिदाहरु, ज्योतिष परामर्स सेवालगायत अन्य सेवा पनि नेपाली पात्रोले दिँदै आएको छ ।

नेपाली तथा अंग्रेजी भाषासहितको नेपालका नेपाली पात्रो नेपालमै उत्पादित पहिलो कम्युनिटी एप हो ।

प्रतिक्रिया दिनुहोस्