Logo
Logo

सरकारले हिमालको पानी ब्राण्डिङ गरेर विदेशमा बेच्ने


567
Shares

काठमाडौं । नेपाल सरकारले हिमालको पानीलाई ब्राण्डिङ गर्ने गरी ‘वाटर फ्रम द हिमालय’ कार्यक्रम घोषणा गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले संघीय संसदको बैठकमा आज आर्थिक वर्ष २०८०–०८१ को बजेट प्रस्तुत गर्दै हिमालको पानीलाई ब्राण्डिङ गरी नेपालको हिमाली क्षेत्रको मिनरल वाटर तथा प्रशोधित पानी निर्यात गर्न आवश्यक सहजीकरण गर्ने बताए ।

नेपाललाई हिमालको पानी निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने राम्रो अवसर रहेकोसमेत अर्थमन्त्री महतको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्