Logo
Logo

अनलाइनमा सस्तोमा सामान बेच्ने भन्दै ८ लाख ठगी, दुई पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १७ मंसिर ।
सामाजिक संजाल ह्वाट्स ऐपमा अमेरिकाबाट आईफोन, ल्यापटप, मोवाईल, क्यामरा, घडी, श्रृङगार लगायतका सामानहरु सस्तो मूल्यमा पठाईदिने विज्ञापन गरी ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भक्तपुर कौशलटार बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका १० घर भएका २२ वर्षीय अमिर थापा र भक्तपुर कमलबिनायक बस्ने २४ वर्षीय अमन अवाल रहेका छन् ।

अनलाईनबाट विज्ञापन गरी ठगी गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले एक महिनाको समयावधिमा ८ लाख रुपैयाँ भन्दी बढी रकम ठगी गरेको खुल्न आएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्