Logo
Logo

हेलिकोप्टरबाट वन्यजन्तुका अंग तस्करी, विमानस्थलमा युवती पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १७ मंसिर ।
वन्यजन्तुका अंग तस्करीको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक युवती पक्राउ परेकी छिन् ।

मंगलबार सिम्रिक एयरको हेलीकप्टरद्वारा गोरखाको घापबाट काठामण्डौं आगमन भएकी हुम्लाको ताँजाकोट गा.पा.वडा नं. ५ स्थायी वतन भएकी वर्ष २५ कि सम्झना बुढालाई प्रहरीले पक्राउ गरेको हो ।
उनको झोलाबाट कालो रंगको वन्यजन्तुको े सिङ्ग बरामद भएको प्रहरीले जनाएाके छ । पक्राउ परेकी युवतीलाई प्रहरीले वन कार्यालयमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्