Logo
Logo

आगो लगाएर युवतीको हत्या गरेको आरोप


- दृष्टि न्युज/संवाददाता

0
Shares

डोटी, १९ मंसिर । शिखर नगरपालिकाकी एक युवतीको आगो लगाएर हत्या गरेको आरोप लागेको छ । जिल्लाको शिखर नगपालिका वडा नं ४ मुडभराकी २६ वर्षीया भावना भट्टको आगो लगाएर हत्या गरेको माइती पक्षले आरोप लगाएका हुन् ।
उनका परिवारकै सदस्यले पेट्रोलियम पदार्थ छर्किँदै आगो लगाएर हत्या गरेको भावनाका दाई शालिग्राम भट्टले आरोप लगाएका छन् । हत्यामा उनका श्रीमान् मीनराज शर्माकै संग्लनता रहेको भट्टको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) दिलीपसिंह देउवाले घटनाबारे जिल्ला प्रहरी कार्यालयमा कुनै उजुरी तथा जानकारी नआएको बताए । उनले भने, ‘घटनाबारे कुनै जानकारी र उजुरी आएको छैन, उजुरी आएपछि प्रहरीले आफनो काम थाल्ने छ ।’
शरीरमा आगो लागेपछि मंसिर ७ गते गम्भीर घाइते भएकी भावनालाई उपचारका लागि डोटीकै सुजङ अस्पतालमा पु¥याइएको थियो । उक्त अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि मृतक भावनालाई सेती प्रादेशिक अस्पताल कैलाली पठाएकामा कैलालीबाट पनि उनलाई थप उपचारका लागि भारतको बलेरी लगिएको थियो । बेरी अस्पतालले उनको स्वास्थ्य अवस्था सुधार भएको भन्दै घर पठाए पनि घरमा ल्याउँदा उनको मृत्यु भएको थियो । भावना र शर्माबीच दुई वर्षअघि मात्रै बिवाह भएको उनको घरपरिवारले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्