Logo
Logo

प्रधानमन्त्रीलाई भेट्न राष्ट्रपति शिक्षण अस्पतालमा, डिस्चार्जको तयारी


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १९ मंसिर ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल पुगेकी छन् । एपेन्डिसाइटिसको अपरेशन गरेका प्रधानमन्त्री ओली १० दिनदेखि अस्पतालमा छन् ।


प्रधानमन्त्रीलाई भेट्न राष्ट्रपति भण्डारी तेस्रोपटक अस्पताल पुगेकी हुन् । प्रधानमन्त्रीको स्वास्थ्यमा धेरै सुधार भएको र डिस्चार्जको तयारी भइरहेको चिकित्सकले बताएका छन् ।
एपेन्डिसाइटिसको अप्रेसन सफल भएपनि प्रधानमन्त्रीको मिर्गाेलामा समस्या भएका कारण नियमित डायलसिस गर्नुपर्ने अवस्था छ । मिर्गाैला प्रत्यारोपणको तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्