Logo
Logo

नबिल बैंक र नेपाल हस्तकला महासंघबीच सम्झौता


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । १७औं हस्तकला टे«ड फेयर तथा १५औं क्राफ्ट प्रतियोगिताको अवसरमा नबिल बैंक र नेपाल हस्तकला महासंघबीच सम्झौता भएको छ । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यबीच सो सम्झौता हस्तकला टे«ड फेयरको उद्घाटन समारोहमा भएको छ । यस सम्झौतासँगै नबिल बैंकले देशको हस्तकला क्षेत्रको प्रवद्र्धन र संरक्षणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

सो समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले भने, ‘हस्तकला क्षेत्रको संरक्षण र उन्नतिका लागि नबिल बैंक सधैँभरि तत्पर रहनेछ । हस्तकला क्षेत्रको उत्थानका लागि महासंघसँग सहकार्य गर्न पाउँदा निकै खुशी छौँ । यो सहकार्यले हस्तकला क्षेत्रमा आबद्ध भएका व्यक्तिगत तथा व्यवसायीलाई लाभ हुने विश्वाश लिएका छौँ ।’

सो अवसरमा नेपाल हस्तकला महासंघका अध्यक्ष शाक्यले नेपाल हस्तकला महासंघले नबिल बैंकलाई हस्तकलामैत्री बैंक २०७५/७६ घोषणा गर्न पाउँदा निकै खुशी लागेको बताए । निजी क्षेत्रको तर्फबाट यस्तो सहकार्य गर्न आरम्भ भएकोमा हर्षित भएको उनले बताए ।

नबिल बैंकले ९२ वटा शाखा, १४२ एटिएमको विशाल संरचना र एक हजार ५०० भन्दा बढी रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टमार्फत सेवा प्रदान गरेर सबै स्टेकहोल्डरहरुसँगै अघि बढ्ने विश्वास राखेको बैंकले राखेको छ ।

प्रतिक्रिया दिनुहोस्