काठमाडौं । सशस्त्र प्रहरी बलमा केही उच्च अधिकारीमा आफु असाध्यै अनुशासित र अरु सबै खराब भन्ने सोच देखिएको छ । कार्यालयको काम ठप्प पारेर निरीक्षणको नाममा दिन बिताइदिने डिआइजी शम्भु सुबेदीको नौटंकीकै लागि हाल चर्चामा छन् ।
हरेक आइतबार हुने निरीक्षणका क्रममा डिआइजी सुबेदीले मातहत कर्मचारीलाइ मुख छड्ने, गालिगौलज गर्ने गर्छन् । महिला कर्मचारीले गहना लगाउन नपाउने, केटिहरुले नङ पाल्न नपाउने तथा कपाल रंग्याउन नपाइने उनको यर्दी छ । सुवेदी आफैं भने अशोभनिय ढंगले हातभरी रुद्राक्षको माला लगाउंछन् । यस्तो माला चाहिँ उनलाइ मात्र लगाउन छुट भएको चर्चा हलचोकमा छ ।
एआइजी चन्द्रप्रकाश गौतमको पनि सशस्त्र प्रहरीभित्र निकै गफ हुने गरेको छ । हालै उनले मकै गोडेको भिडियो फेसबुकमा हालेका छन् । जबकी श्रीमतीको लुगा धुन समेत घरमा सशस्त्र प्रहरीका कामदार राखेका छन् । चन्द्रौटा, बाँके, सप्तरी र सर्लाहीमा रहँदाको अबैध कमाइबाट प्रशस्त्र जग्गा किनेको र त्यही जग्गामा खेती गरेको चर्चा पनि सशस्त्र प्रहरीमा हुने गरेको छ ।
उता प्रशासनमा बसेर मनलाग्दी गर्ने इन्सपेक्टर गोपिराम श्रेष्ठलाई ९ नम्बर बाहिनी बलम्बु खेदिएको छ । चुनाब होस् वा उपत्यकाको अन्य ड्युटीमा आफुलाई मन नपरेकालाइ छानी छानी हाल्ने गरेका आरोप उनीमाथि थियो । उनले केही समय अघि सिनियर हाकिमलाई समेत झुक्याएर काजका मान्छे मुख्यालय राख्ने र दरबन्दीका कर्मचारी बाहिर पठाउने प्रयास गरेका थिए । आफ्नो दरबन्दी जहाँ हो त्यही बस्न पाउं भन्दै कर्मचारीले उजुरी गरेपछि उनको कर्तुत फेला परेको हो । लगतै उनलाइ बाहिनी खेदिएको सशस्त्र प्रहरी स्रोत बताउँछ ।