Logo
Logo

भगिराज इङनामको ‘लिम्बूवानको दस्तावेज’ तेस्रो संस्करण प्रकाशित


630
Shares

काठमाडौं । मदन पुरस्कार विजेता इतिहासकार भगिराज इङनामको कृति ‘लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’को तेस्रो संस्करण प्रकाशित भएको छ । साझा प्रकाशनले यो कृतिको दोस्रो र तेस्रो संस्करण प्रकाशित गरेको हो । यो कृतिले २०७७ सालको मदन पुरस्कार प्राप्त गरेको थियो ।

आफ्नो कृतिको तेस्रो संस्करण प्रकाशित भएकोमा आफू हर्षित र उत्साहित भएको इतिहासकार इङ्नामले बताए । उनले अहिले पनि आफू लिम्बूवानका खोज्न बाँकी कैयौँ दस्तावेजहरुको खोजीमा ब्यस्त भएको बताए । उनले हाल आफूले पाँच सय जति थप दस्तावेजहरु सङ्कलन गरी तिनीहरुमाथि अध्ययन गरिरहेको पनि बताए ।

यसअघि इङ्नामको ‘तेह«थुम जिल्लामा सुब्बाङ्गी प्रथा’ र ‘लिम्बू जातिको इतिहास’ कृति प्रकाशित छन् । नेपाल सरकारका अवकास प्राप्त सहसचिव उनी हालः लिम्बूवान अध्ययन केन्द्र नामक अनुसन्धान संस्थामा आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्