Logo
Logo

ज्योतिले ल्यायो कार्डबिनै एटिएमबाट पैसा निकाल्ने सुविधा


819
Shares

काठमाडौं । ज्योति विकास बैंकले डेबिट कार्ड बिना नै एटीएमबाट पैसा निकाल्न सकिने गरी कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ ।

यो सुविधाअन्तर्गत ग्राहकले बैंकको मोबाइल बैंकिङ एप तथा वेब ब्राउजरमार्फत प्राप्त ओटीपी कोडलाई एटीएम मेसिनमा प्रयोग गरी सहज र सुरक्षित तरिकाले रकम झिक्न सक्ने बैंकले जनाएको छ ।

मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकहरूले बैंकका देशभर रहेका ७५ वटै एटिएमबाट यो सेवा प्रयोग गरी आफूले चाहेको समयमा नगद निकाल्न सक्नेछन् ।

बैंकको यो सुविधा प्रयोग गर्नका लागि ज्योति स्मार्ट प्रयोगकर्ताहरूले एपभित्र रहेको पेमेन्ट आइकनमा थिचेपछि देखिने कार्डलेस विथड्र आइकनमा ट्याप गरी मागिएको विवरण प्रदान गर्नुपर्ने छ । त्यसपछि, ज्योति विकास बैंककै एटिएममा गई कार्डलेस ट्रान्जेक्सन चयन गरी आफ्नो मोबाइल नम्बर, निकाल्नुपर्ने रकम (मोबाइल बैंकिङ एपमा चयन गरिएको) र मोबाइलमा प्राप्त राखि इच्छाइएको रकम झिक्न सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्