Logo
Logo

जबर्जस्ती करणी आरोपमा मालिकार्जुन-३ का वडाध्यक्ष पक्राउ


4.5k
Shares

दार्चुला । स्थानिय एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा मालिकार्जुन गाउँपालिका–३ का वडाध्यक्ष मदनसिंह धामीलाई प्रहरीले पक्राउ गरेको छ । गाउँकै महिलाले आफुमाथी करणी भएको भन्दै दिएको जाहेरीको आधारमा वडाध्यक्ष धामीलाई प्रहरीले पक्राउ गरेको हो ।

वडाध्यक्ष धामीविरुद्ध फागुन ५ गते पीडित महिलाले जिल्ला प्रहरी कार्यालय दार्चुलामा जाहेरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार वडाध्यक्ष धामी गत माघ २० गते महिलालाई जबर्जस्ती करणी गरी फरार भएका थिए ।

उक्त जाहेरीको आधारमा धामीलाई बुधबार जिल्ला सदरमुकाम खलंगाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए ।

पक्राउ परेका वडाध्यक्ष धामीलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्