Logo
Logo

एनएमबी बैंकद्वारा ‘एनएमबी जीवन चक्र बचत खाता’ आरम्भ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । एनएमबी बैंकले नेपाली वित्तीय बजारमा एक विशिष्ट प्रकारको ‘एनएमबी जीवन चक्र बचत खाता’ प्रस्तुत गरेको छ । यो नव सिर्जनशील योजनामा सात सह–योजनाहरु समावेश छन्, जसमा व्यक्तिको जन्मदेखि वृद्धावस्थासम्मका सम्पूर्ण बैंकिङ आवश्यकताहरु पूरा हुने गरी प्रस्तुत गरिएको छ ।

यो बैंकिङ योजनाले निक्षेपकर्ताहरुको उमेर समूहका आधारमा योजनाहरू स्वचालित परिवर्तन हुने सुविधा उपलब्ध गराउँदछ । यस योजनाअन्तर्गत हरेक उमेर समूहका लागि विशेष खालका सुविधाहरू उपलब्ध गरिएका छन् ।

जसले जीवनकालका विभिन्न समयको परिवर्र्तनसँगै विशेष समूहका ग्राहकलाई आकर्षित गराउँदछ । आकर्षक योजनाहरूका साथमा आवासीय घरहरूमा हुनसक्ने चोरीलाई समेट्ने बिमासहितका अन्य लाभकारी फाइदाहरु यस योजनालाई जीवनको पूर्ण वित्तीय साझेदार बनाउने लक्ष्य राखेको छ । हाल एनएमबी बैंकको देशभरि १६३ शाखाहरू, १२८ एटीएम र ५ एक्सटेन्सन काउन्टरसहितको सञ्जाल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्