काठमाडौं । गुन्डा नाइके कुमार घैंटे इन्काउन्टरमा संलग्न प्रहरीले काठमाडौंमा फेरि गोली चलाएका छन् । लागुऔषध कारोबारीलाई पक्राउ गर्न आइतबार सिनामंगलमा गोली चलेको हो ।
भारतीय नागरिक विकास भगतलाई प्रहरीले खुट्टामा गोली हानेर पक्राउ गरेको हो । उनको साथबाट एक सय ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
लागुऔषध नियन्त्रण ब्यूरोका सइ बालकृष्ण सञ्जेलले गोली हानेको बताइन्छ । ८ वर्षअघि सञ्जेलले नै कुमार घैंटेमाथि गोली हानेका थिए । लामो समयपछि उपत्यकामा प्रहरीले गोली चलाएको हो ।
पछिल्ला केही इन्काउन्टरका घटनामा मानव अधिकार आयोगले छानबिन थालेपछि प्रहरी रक्षात्मक बन्दै आएको छ ।