Logo
Logo

डिआइजीका घुमुवाका कारण झापामा तनाव


31.9k
Shares


झापा । सशस्त्र प्रहरी बलको नम्बर १ बराह वाहिनीका डीआईजी अन्जनीकुमार पोखरेलका घुमुवाका कारण मंगलबार बेलुका झापामा तनाव भएको छ । बाहिनीबाट डिआइजी पोखरेलको निर्देशनमा सादा पोशाकमा खटिएका प्रहरी निरीक्षक नवलप्रभात राईसहितको टोलीले स्थानीय सशस्त्र प्रहरीमाथि कुटपिट गर्दा स्थानीयले प्रतिवकार गरेका छन् ।


झापाको नकलवन्दामा ड्युटीमा खटिएका सशस्त्र प्रहरी हवल्दार पासाङ तामाङ, सशस्त्र प्रहरी जवान रामबहादुर कार्की, गणेश तामाङ र शान्तकुमार राई घाइतेलाई इन्सपेक्टर नेतृत्वको टोलीले कुटपिट गर्दै पानीमा टाउको चोपलेका थिए । संगठनको नीति विपरीत उनीहरुलाई यसरी यातना दिएका थिए । चिनजानका प्रहरीमाथि सादा पोशाकका व्यक्तिले कुटपिट गरेको देखेपछि स्थानीय प्रतिकारमा उत्रिए । बल्लतल्ल इन्सपेक्टर राईसहितका बाहिनीबाट खटिएका प्रहरीलाई जोगाइएको थियो । स्थानीयको ढुंगा लागेर उनीहरु घाइते समेत भएका छन् ।


तस्करीको गोरु नियन्त्रण नगरेको भनेर इन्सपेक्टरको टोलीले यसरी कुटपिट गरेको बताइन्छ । तर, कसैले गल्ती गरेमा कारबाही गर्ने सिष्टम रहेकोमा यस्तो आतंक मच्चाएपछि यतीबेला यो घटनाले संगठनकै बेइज्जत भएको छ । डिआइजी पोखरेलको कमजोर कमाण्ड र अनुभवको कमीले यस्तो भएको सशस्त्र प्रहरीहरु बताउँछन् । यो घटनामा डिआइजीमाथि पनि छानबिन गर्नुपर्ने माग उठेको छ । विगतमा पनि डिआइजी पोखरेलले केही प्रहरीलाई अनावश्यक दुःख दिएको विषयमा विभिन्न निकायमा उजुरी परेको थियो । अर्कातर्फ घुमुवा राख्न नपाउने संगठनको नीति विपरीत डिआइजी पोखरेलले इन्सपेक्टरको कमाण्डमा घुमुवा खटाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्