Logo
Logo

झापा घटनामा एआइजीको नेतृत्वमा समिति, डिआइजी पनि छानबिनमा


60.5k
Shares


काठमाडौं । झापामा सशस्त्र प्रहरीले आफ्नै प्रहरीलाई कुटपिट गरेको घटनामा एआइजी चन्द्रप्रकाश गौतमको नेतृत्वमा छानबिन समिति गठन भएको छ । घटनामा सशस्त्र प्रहरी बलको नम्बर १ बराह वाहिनीका डीआईजी अन्जनीकुमार पोखरेलकै भूमिका शंकास्पद देखिएपछि उच्चस्तरीय समिति गठन भएको हो । बाहिनीबाट डिआइजी पोखरेलको निर्देशनमा सादा पोशाकमा खटिएका प्रहरी निरीक्षक नवलप्रभात राईसहितको टोलीले स्थानीय सशस्त्र प्रहरीमाथि कुटपिट गरेका थिए । त्यसको स्थानीयले प्रतिकार गर्दा अवस्था तनावग्रस्त बनेको थियो ।


झापाको नकलवन्दामा ड्युटीमा खटिएका सशस्त्र प्रहरी हवल्दार पासाङ तामाङ, सशस्त्र प्रहरी जवान रामबहादुर कार्की, गणेश तामाङ र शान्तकुमार राई घाइतेलाई इन्सपेक्टर नेतृत्वको टोलीले कुटपिट गर्दै पानीमा टाउको चोपलेका थिए । संगठनको नीति विपरीत उनीहरुलाई यसरी यातना दिएका थिए । चिनजानका प्रहरीमाथि सादा पोशाकका व्यक्तिले कुटपिट गरेको देखेपछि स्थानीय प्रतिकारमा उत्रिए । बल्लतल्ल इन्सपेक्टर राईसहितका बाहिनीबाट खटिएका प्रहरीलाई जोगाइएको थियो । स्थानीयको ढुंगा लागेर उनीहरु घाइते समेत भएका छन् ।


तस्करीको गोरु नियन्त्रण नगरेको भनेर इन्सपेक्टरको टोलीले यसरी कुटपिट गरेको बताइन्छ । तर, कसैले गल्ती गरेमा कारबाही गर्ने सिष्टम रहेकोमा यस्तो आतंक मच्चाएपछि यतीबेला यो घटनाले संगठनकै बेइज्जत भएको छ । डिआइजी पोखरेलको कमजोर कमाण्ड र अनुभवको कमीले यस्तो भएको भन्दै प्रश्न उठेको छ । संगठनकै यो घटनाले बदनाम भएपछि एआइजी नेतृत्वमा छानबिन समिति बनेको हो ।

प्रतिक्रिया दिनुहोस्