Logo
Logo

आइटम गीतमा वर्षा सिवाकोटी नाच्दा-नाच्दै आगलागी


3k
Shares

काठमाडौं । नेपाली फिल्म ‘गणपति’को सेटमा आगलागी भएको छ । बालाजुस्थित चलचित्र बिकास कम्पनीमा सेट लगाएर छायाँकन भइरहेको अवस्थामा बिहीबार दिउँसो अचानक आगलागी भएको हो ।

बिहीबार फिल्म एक गीच सेट लगाएर छायाँकन भइरहेको थियो । उक्त गीतमा अभिनेत्री बर्षा शिवाकोटी र मुकुन भुसालका साथमा करिब एक सय जना कोरस नृत्यरत थिए । कविराज गहतराजले फिल्मको गीतको कोरियोग्राफी गरिरहेका थिए ।

फिल्ममा नायिका सिवाकोटीले आइटम गीतमा मात्र नृत्य गरेकी हुन् । भदौको १४ गतेबाट रिलिजमा आउन लागेको यो फिल्ममा मुकुन भुषाल र मेनुका प्रधान मुख्य भूमिकामा छन् । यो फिल्मलाई केही दिन अगाडि मात्र निर्माता रामप्रसाद रिजालले आफ्नो कम्पनीको स्वामित्वमा लिएका थिए ।

फिल्मलाई सविन अधिकारीले निर्देशन गरेका हुन् । फिल्ममा उनकै लेखन समेत छ । आगलागीबाट सेट ध्वस्त भएको छ ।मानवीय क्षति भने नभएकाे निर्देशक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्