Logo
Logo

कोशीमा पनि लागू गरियो सांसद विकास कोष


693
Shares

विराटनगर । संघीय सरकारमा आलोचना भइरहेको सांसद विकास कोष कोशी प्रदेश सरकारले पनि लागू गरेको छ । सांसद क्षेत्र विकास कोष कार्यक्रमका लागि कोशी प्रदेश सरकारले लागि १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको हो ।

बिहीबार आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट पेस गर्दै मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका हिक्मतकुमार कार्कीले सांसद क्षेत्र विकास कोष कार्यक्रम ल्याएका हुन् ।

यो कार्यक्रमअन्तर्गत छुट्याइएको बजेट सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रमा पुल, बाटो तथा अन्न विभिन्न पूर्वाधार निर्माणमा खर्च गर्दै आएका । जसमा प्रत्यक्ष निर्वाचित सांसदले दुई करोड र समानुपातिक सांसदले एक करोड खर्च गर्न पाउनेछन् ।

तर, संघीय प्रतिनिधिसभाका केही सदस्यले सांसद विकास कोष खारेज गर्न माग गर्दै आएका छन् । तर, सांसदहरुको विरोधमा अर्थमन्त्री डा प्रकाशशरण महतले सांसद विकास कोषको बताउ गर्दै ‘सांसद विकास कोष दुरुपयोग नहुने’ जवाफ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्