सिओल । अमेरिकाले उत्तर कोरिया सिमा नजिकै पनडुब्बी उतारेको छ ।
उत्तर कोरियाले अमेरिका–दक्षिण कोरिया लक्षित युद्ध अभ्यास गरे पछि अमेरिकाले पनि जवाफमा पनडुब्बी तैनाथ गरेको हो ।
अन्तराष्ट्रिय समाचार संस्थाहरुका अनुसार अमेरिकाले गत शुक्रबार देखी दक्षिण कोरियामा करिब १५० टोमाहक मिसाइल बोक्न सक्ने आणविक शक्तियुक्त पनडुब्बी तैनाथ गरेको छ ।
त्यसको एक दिन अघि, उत्तर कोरियाले अमेरिका–दक्षिण कोरियाको युद्ध अभ्यासको विरोधमा फेरि क्षेप्यास्त्र परीक्षण सुरु गरेको थियो ।