Logo
Logo

चीन र अमेरिकाबीच सहकार्य आवश्यक : चिनियाँ कूटनीतिज्ञ


756
Shares

बेइजिङ । पाँच वर्षको लामो अन्तरालपछि संयुक्त राज्य अमेरिका र चीनका कुटनीतिज्ञबीच वार्ता भएको छ । लामो समयपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन कुटनीतिक भ्रमणका लागि चीन पुगेका छन् ।

भ्रमणको क्रममा बेइजिङका उच्च कूटनीतिज्ञ तथा विदेशमन्त्री वाङ यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको कुराकानीमा दुई शक्तिशाली विश्व अर्थतन्त्रले सहकार्य गर्नु उत्तम विकल्प हुने बताएका छन् ।

दुई मुलुकले ‘सहकार्य गर्ने वा द्वन्द्व’ भन्दा विश्व समुदायको चाहना अनुसार उनीहरूबीच कुटनीतिक मेल हुँदा विश्व समुदायलाई फाइदा हुन्छ ।

‘वार्ता र मुठभेड, सहयोग वा द्वन्द्वमध्ये कुनै एक रोज्नु आवश्यक छ,’ चिनियाँ विदेशमन्त्री वाङ यीले ब्लिन्केनसँगको भेटमा भने । ब्लिन्केनले चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा विदेशमन्त्री वाङसँग तीन घण्टा कुराकानी गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

हालैका वर्षहरूमा विश्वका दुई ठूला अर्थतन्त्रभएका मुलुकहरूबीच व्यापार, प्रविधिदेखि ताइवानसम्मका विषयमा तनाव बढेको छ । चीनको सरकारी प्रसारक सीसीटिभीका अनुसार वाङले ब्लिन्केनलाई ताइवानसँग सम्झौता गर्ने कुनै ठाउँ नभएको बताएका छन् ।

भेटमा वाङले आफ्ना अमेरिकी समकक्षी ब्लिङ्केनसँग एक चीन सिद्धान्त को वास्तविक पालना गर्नुपर्ने, चीनको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्ने र ‘ताइवानको स्वतन्त्रता’को स्पष्ट विरोध गर्नुपर्ने बताएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्