Logo
Logo

‘रअ’को प्रमुखमा सिन्हा नियुक्त


7.5k
Shares


काठमाडौं । भारतको गुप्तचर निकाय रअ(रिसर्च एण्ड एनलाइसिस विंग)को प्रमुख फेरिएका छन् । आइपिएस अफिसर रवि सिन्हालाई भारत सरकारले सोमबार रअको प्रमुख बनाएको छ ।


हाल प्रमुख रहेका सामान्त कुमार गोयल अनिवार्य अवकाशमा जान लागेपछि सिन्हा नियुक्त भएका हुन् । गोयलले ३० जुनदेखि अवकाश पाउँदैछन् ।


भारतको बाह्य गुप्तचर निकाय हो रअ। जसले नेपाललाई पनि प्राथिमकतामा राखेर सूचना संकलन र आफुअनुकुल चलखेल गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्