Logo
Logo

सिडिओको अनेक धन्दा


135.3k
Shares

काठमाडौं । गत हप्ता गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ)को हेरफेर गर्दा कपिलवस्तुका सिडिओ शंकरहरि आचार्यलाई पनि हटाइएन । जबकि, उनीविरुद्ध तस्करीमा मिलेमतोदेखि नदी दोहनमा मिलेमतोका उजुरी परेका थिए । माफिया समूहसँगको साँठगाँठकै कारण उनको सरुवा भएको स्रोत बताउँछ ।

गत २८ जेठमा भएको एक घटनाले कपिलवस्तुका स्थानीयहरु सिडिओविरुद्ध आक्रोशित बनेका छन् । बुद्धभुमी नगरपालिकामा खोलाको दोहन भइरहेको भन्दै स्थानीयहरु ज्ञापनपत्र बुझाउन सिडिओ आचार्यलाई ज्ञापनपत्र बुझाउन गएका थिए । स्थानीय अगुवालाई दुव्र्यवहार गर्दै सिडिओ आचार्यले धम्काएर पठाएका छन् । सो विषयलाई लिएर स्थानीयहरु आन्दोलित भएका छन् ।

बुद्धभूमिको विरपुर टोल विकास संस्थाले पनि प्रेस बिज्ञप्ती नै निकालेर घटनाको भत्सना गर्दै सिडिओमाथि कारबाहीको माग गरेको छ । संस्थाका अध्यक्ष थानेश्वर अर्यालले सिडिओबाट भएको व्यवहारले अनियमिततालाई समेत प्रोत्साहन मिलेको उल्लेख छ ।

स्थानीय अगुवा तथा सामुदायिक वनका पदाधिकारीले चुरे क्षेत्रमा अवैध रुपमा उत्खनन गरिरहेका एक्साभेटर तथा टिप्परलाई समेत नियन्त्रणमा लिई प्रमाणसहित उजुरी गर्न सिडिओको कार्यकक्षमा पुगेका थिए ।

चुरे दोहनले आफुहरुलाई जोखिम बढाएको भन्दै कारबाहीको माग गरी स्थानीय त्यहाँ पुगेका थिए । सेटिङमा चल्दै आएका खानीमा स्थानीयले अवरोध गरेपछि सिडिओ आचार्य रिसाएर दुव्र्यवहार गरेका हुन् ।

यो घटनापछि सिडिओमाथि कारबाहीको माग गरी स्थानीयले गृह मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । सिडिओकै मिलेमतोमा सीमा नाकाबाट पनि तस्करी भइरहेको उनीहरुको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्